
कामाडौं । बाढी पूर्वानुमान शाखाले चुरे र महभारतबाट बहने नदी आसपास रहने बासिन्दाले अाइतबार र सोमबार उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
आज देशका विभिन्न स्थानमा भारी वर्ष हुने सम्भावना रहेकाले नदी आसपासमा उच्च सतर्कता अपनाउन भनेको हो । आज गोरखा, धादिङ, लम्जुङ, कास्कीको केही स्थानमा भारी बर्षाको संभावना भएकाले पहाडका साना नदीमा एक्कसी बाढी आउन सक्ने शाखाले जनाएको छ ।
यस्तै आज र भोलि बागमती र नारायणी नदी तटिय क्षेत्रमा विशेष सतर्क रहनपनि शाखाले आग्रह गरेको छ ।








