
काठमाडौँ । रसियामा जारी २१ औ संस्करणको विश्वकपका समुह चरणका खेलहरु सकिएका छन् । समुह चरणको खेल समाप्तिसँगै १६ देश विश्वकपको अर्को चरणमा प्रवेश गरेका छन् भने १६ वटा देश विश्वकपबाट बाहिरिएका छन् ।
विश्वकपको दाबेदार मानिएको देश जर्मनीबाहेक ब्राजिल, अर्जेन्टिना, बेल्जियम, स्पेन जस्ता देशहरुले अन्तिम १६ मा स्थान बनाउन सफल भए । अन्तिम १६ बाट नकआउट चरण सुरु हुनेछ । शनिबार सुरु हुने ती खेलहरुमा पराजित हुने देश सोझै नकआउट हुनेछन् ।
अन्तिम १६ मा कुन देशेको प्रतिस्पर्धी कुन देश परे त ?
फ्रान्स भर्सेस अर्जेन्टिना
उरुग्वे भर्सेस पोर्चुगल
स्पेन भर्सेस रसिया
डेनमार्क भर्सेस क्रोसिया
ब्राजिल भर्सेस मेक्सिको
बेल्जियम भर्सेस जापन
स्वीडेन भर्सेस स्वीजरल्याण्ड
इंग्ल्याण्ड भर्सेस कोलम्बिया






