‘चित्रबहादुर केसीभन्दा प्रधानमन्त्री ओली बढी संघीयता विरोधी’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद गगन थापाले थापाले प्रधानमन्त्री केपी शर्मा ओली चित्रबहादुर केसीभन्दा बढी संघीयता विरोधी रहेको आरोप लगाएका छन्।

प्रतिनिधिसभामा दर्ता भएको सार्वजनिक महत्वको प्रस्तावमाथि बोल्दै थापाले भने,  ‘चित्रबहादुर केसीले संघीयता खराब भो भनेर भन्नुहुन्थ्यो, त्यहि बेला म आएर तत्कालिन एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उहाँको घरमा गएको थिए । चित्रबहादुर केसीले संघीयतालाई जति नरुचाउनुहुँदो रहेछ, त्यो भन्दा बढी ओलीजीले संघीयता नरुचाउने कुरा थाहा पाएँ ।’

अहिलेको बजेट प्रदेश र स्थानीय निकायमा काम नलाग्ने ठोकुवा गर्दै संघीयताको विरोधी बजेट आएको आरोप लगाउँदै उनले थपे,  ‘एमालेले संघीयता गलत छ भन्न पाउँछ, तर सम्माननीय प्रधानमन्त्रीले संघीयता गलत छ भनेर यसको खिलापमा बोल्न पाउनुहुन्न ।’

सांसद थापाले भने,  ‘क्षमा गर्नुहोला सभामुख महोदय, यो संसद सविधान र संघियताको विरोधी कृत्यको साक्षी बस्न सक्दैन । यसको प्रतिरोध हुन्छ ।’

सम्बन्धित शिर्षकहरु