किम जोङ उन फेरि बेइजिङमा

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग शिखर वार्ताकाे एक हप्तापछि उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन मंगलबार बेइजिङ पुगेका छन्। सन् २०१८ को जनवरी यता याे उनकाे तेस्रो चीन भ्रमण हाे। बेइजिङमा रहँदा किमले चिनियाँ राष्ट्रपति सी जिङफिङसँग भेटवार्ता गर्नेछन्।

कीमले बेइजिङमा दुई दिन बिताउने चिनियाँ सरकारी सञ्चार माध्यमहरुले उल्लेख गरेका छन्। यसअघि किम चीनबाट फर्किएपछि मात्र उनको भ्रमण सार्वजनिक भएको थियो। कुनै विस्तृत तालिका सार्वजनिक गरिएको थिएन।

चिनियाँ राष्ट्रपतिसँगको भेटवार्तामा किमले यसअघि भएको सिंगापुर शिखर सम्मेलनबारे छलफल गर्ने अपेक्षा गरिएको छ। चीन दक्षिण कोरियाको सबैभन्दा महत्वपूर्ण कुटनीतिक तथा आर्थिक साझेदार हो। तर प्योङयाङ आणविक अस्त्र तथा मिसइाल परीक्षणतर्फ लागेपछि बेइजिङ असन्तुष्ट बनेको थियो।

चिनियाँ नेताहरुले सामान्यतः सरकार तथा राज्य प्रमुखसँग भेटवार्ता गर्ने आङ एभिन्यु क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। किम यसअघि बसेको डियाउटी स्टेट गेस्ट हाउसमा प्रहरीको पहरा बढाइएको छ।

सिंगापुर शिखर वार्तापछि दक्षिण कोरिया र अमेरिकाले कोरियाली प्रायद्वीपमा संयुक्त सैन्य अभ्यास रोक्ने निर्णय गरेका थिए। अमेरिकी राष्ट्रपति ट्रम्पले कोरियाली प्रायद्वीपमा आणविक अस्त्रका नाउँमा भइरहेको युद्धको खेल निषेध गर्न आफू तयार रहेको उल्लेख गरेका थिए। अमेरिकी समर्थनको दक्षिण कोरिया र चीनको आड लिइरहेको उत्तर कोरियाबीच पछिल्लो समय स्थिति निकै असहज देखिएको थियो।

अमेरिका र दक्षिण कोरियाले आगामी अगस्ट महिनाका लागि तय गरेको संयुक्त सैन्य अभ्यास रोक्ने निर्णय गरेका थिए।

सम्बन्धित शिर्षकहरु