
एजेन्सी । विश्वकपमा ६० वर्षको लामो प्रतिक्षापछि स्वीडेनले उद्घाटन खेलमा जित हात पारेको छ। भर्खरै सम्पन्न विश्वकपको आफ्नो पहिलो खेलमा दक्षिण कोरियालार्इ १–०ले पराजित गर्दै स्वीडेनले ६ दशकपछि उद्घाटन खेल जितेको हो। पछिल्लोपटक १९५८ मा स्वीडेनले उद्घाटन खेलमा मेक्सिकोलाई पराजित गरेयता कुनैपनि उद्घाटन खेल जित्न सकेको थिएन। आफै आयोजक रहेको उक्तविश्वकपमा स्वीडेनले मेक्सिकोलाई ३–१ गोलअन्तरले पराजित गरेपछि सुरुवाती खेलमा जित हात पारेको अाज पहिलो पटक हो। यसअघिका ७ विश्वकपका उद्घाटन खेलमा ५ मा बराबरी र २ मा स्वीडेनले हार बेहोरेको थियो।
स्वीडेनले दक्षिण कोरियालाई पेनाल्टीमा निराश बनाएको थियो। ६२औं मिनेटमा किममिन उले स्वीडेनका भिक्टोर क्लासनलाई डी बक्समा लडाएपछि पाएको पेनाल्टीमा आन्द्रेस ग्रानक्युभिस्टले निर्णायक गोल गरेका थिए।






