चितवनको माडीमा आजदेखि दैनिक ८ घण्टा बिजुली काटीने

चितवन ।  पश्चिम् चितवनको माडीमा सोमबारदेखी दैनिक आठ घण्टा विद्युत सेवा अवरुद्ध हुने भएको छ । ३३ केभी अन्डर ग्राउण्ड प्रसारण लाइन मर्मत सम्भार गर्नुपर्ने भएकोले आउँदो असार ३ गतेसम्म बिहान ९ बजेदेखि साँझ पाँच बजेसम्म विद्युत अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण सबस्टेशन माडीका प्रमुख आनन्द कुँवरले जानकारी दिए ।

बिजुली नहुँदा स्थानीयबासीको दैनिकी, नगरपालिकाको काम र व्यवसाय प्रभावित हुने भएको छ । माडीमा चितवन राष्ट्रिय निकुञ्ज हुँदै भूमिगत रुपमा बिजुली लगिएको छ । यो भूमिगत लाइनमा पटक–पटक समस्या आउँदा विद्युत सेवा अवरुद्ध हुँदै आएको छ ।

सम्बन्धित शिर्षकहरु