विश्वकप मैत्रीपूर्ण खेल अन्तर्गत स्वीट्जरल्याण्डद्वारा जापान पराजित

एजेन्सी । विश्वकप अघिको मैत्रीपूर्ण खेलमा स्वीट्जरल्याण्डले एसियाली टोली जापानलाई २–० ले हराएको छ । स्वीट्जरल्याण्डको जितमा रिकार्डो रोड्रिगुइजले पेनाल्टीमार्फत अग्रता दिएका थिए । त्यसैगरी ह्यारिस सेफरोभिकले २–० को विजयी गोल गरे । समूह ‘इ’ मा रहेको स्वीट्जरल्याण्डसँग ब्राजिल, कोष्टारिका र सर्बिया छन् ।

गएराति नै भएका अन्य मैत्रीपूर्ण खेलहरुमा इरानले लिथुवानियालाई १–० ले हराएको छ भने क्रोएसियाले सेनेगललाई २–१ ले पराजित गरेको छ । त्यस्तै पोल्याण्ड र चिलीले २–२ गोलको बराबरी खेलेका छन् ।

सम्बन्धित शिर्षकहरु