नेकपा र फोरम एकताको गृहकार्यमा, एकता गर्न नेकपा किन जुट्यो ?

 

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र संघीय समाजवादी फोरम नेपालबीच पार्टी एकताका लागि छलफल शुरु भएको छ। दुई बुँदे सहमति गरेर नेकपा नेतृत्वको सरकारमा फोरम नेपाल सहभागी भएसँगै एकताका लागि अनौपचारिक छलफल भएको स्रोतले बताएको छ।

नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवबीच पार्टी एकताका लागि अनौपचारिक छलफल भएको स्रोतले बतायो । स्रोतका अनुसार नेकपा र फोरमबीच पार्टी एकताका लागि छलफल भए पनि त्यसले औपचारिकता भने पाउन सकेको छैन ।

मधेसमा नेकपाको अवस्था आफैंमा कमजोर नभएपनि त्यहाँको एक बलियो पार्टीसँग एकता गरेर अगाडि बढ्दा सहज हुने विष्लेषण गर्दै नेकपाका नेताहरू फोरम नेपालसँग एकता गर्नुपर्ने पक्षमा उभिएका हुन् ।

सम्बन्धित शिर्षकहरु