सिन्डिकेटको दादागिरी ‘फल्प’: देशभर कुन रुटमा चल्दैछन् कुन समितिको बस ? (सूचीसहित)

काठमाडौं । सरकारले यातायात क्षेत्रको सिण्डिकेट खारेज गर्ने निर्णय गरेपछि आन्दोलित यातायात व्यवसायीहरुले सार्वजनिक सवारी साधन बन्द गराएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघमा आवद्ध रहेका करिब २ लाख ५० हजार सार्वजनिक सवारीसाधन बसपार्क र ग्यारेजमा थन्क्याइएपछि यात्रुको बिचल्ली भएका छ ।

गाडी नचल्दा गन्तव्यमा जान यात्रुलाई समस्या भएको छ । विभिन्न कामले निस्केकाहरु पैदल हिड्न बाध्य भएका छन् ।

सरकारले सिन्डिकेट खारेज गरेको विरोधमा यातायात व्यवसायीहरुले गाडी चलाउन बन्द गरेपछि सरकारले शुक्रबार क्यू फ्री गरेको छ । क्यू फ्री भएकाले गाडी चालकले आफ्नो इच्छाअनुसार जुनसुकै रुटमा गाडी चलाउन पाउँछन् । तर भाडा भने सरकारले तोकेभन्दा बढी लिन पाइने छैन ।

सिन्डिकेट कायमै राख्नुपर्ने पक्षमा रहेका केही यातायात व्यवसायीहरुले गाडी नचलाएपछि यातायात व्यवस्था विभागले लामो तथा छोटो दुरीका बिभिन्न रुटमा गाडी चलाउने व्यवस्था मिलाएको जनाएको छ ।

विभागका प्रवक्ता तुलसीराम अर्यालले दिएको जानकारीअनुसार काठमाडौं उपत्यकामा साझा, मयुर, शुभकामना, अन्नपूर्ण र बज्रबाराहीका बस चलाउने व्यवस्था मिलाइएको छ ।

यसअघि धनगढी–काठमाडौं रुटमा चल्ने गरेको घोडाघोडी यातायातका बसले पनि काठमाडौंभित्रै सेवा दिने जानकारी पाएको विभागले जनाएको छ ।

देशभर कुन रुटमा कुन गाडी चल्दैछन् ?
इलाम, काकडभिट्टा, भद्रपुर, धरान, विराटनगर, चतरा– साकिरा यातायातका बस ।
सुर्खेत, नेपालगन्ज, दैलेख, जाजरकोट रुट– बुलबुले, देउती र नागरिक यातायातका बस ।

काठमाडौं–रोल्पा– रोल्पा यातायातका बस ।
काठमाडौं–प्युठान– नमस्ते प्यूठानका बस ।
रोल्पा–नेपालगन्ज– आशिर्वाद यातायातका बस ।

रुकुम–काठमाडौं– रुकुम यातायात प्रालिका बस
कोहलपुर, सुर्खेत, काठमाडौं– मेट्रो सर्भिसका बस ।
बर्दिया, बुटवल, काठमाडौं– भेरी यातायातका बस

अर्घाखाँची–बुटवल– लंका यातायातका बस
काठमाडौं, दाङ, नेपालगन्ज, रोल्पा– स्मार्ट नेपालका बस ।
दाङ–काठमाडौं– मालिका कालिका र सहारा यातायाका बस

काठमाडौं, चितवन र पोखरा– हरियो नम्बर प्लेटका टुरिस्ट बस ।
काठमाडौं–जनकपुर– चुरिमाई यातायात ।
सर्लाही–जनकपुर– रातुकमला ।
भक्तपुर–काठमाडौं– शुभकामना यातायात ।

सम्बन्धित शिर्षकहरु