
काठमाडौं । नेपाल पुलिस एकेडेमीमा कार्यरत कर्मचारीलाई घाँटीमा ब्लेडले काटेर हत्या प्रयास गर्ने ५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं–१८, नरदेवीका २० वर्षीय विक्रम न्यौपाने, काठमाडौं–१७ ढल्कुका १७ वर्षीय अनिल खवास, चितवान भरतपुर घर भइ हाल नरदेवी बस्दै आएका १७ वर्षीय राहुल न्यौपाने, भरतपुर घर भइ काठमाडौं–१८ बस्दै आएका १७ वर्षीय नविन न्यौपाने र धादिङ धार्के घर भइ काठमाडौंको नयाँ बसपार्क बस्दै आएकी १९ जेविका अधिकारी रहेको प्रहरीले जनाएको छ ।
गत २७ चैतमा नेपाल पुलिस एकेडेमीमा प्रहरी कार्यालय सहायकमा कार्यरत २० वर्षीय सञ्जिव पौडेललाई उनीहरुले ब्लेडले घाँटीमा काटी भागेका थिए । महानगरीय प्रहरी वृत्त, लैनचौरले पाँचैजनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाएको जनाएको छ ।








