काठमाडौं । उपराष्ट्रपतिमा वर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनको मात्रै उम्मेदवारी परेपछि उनी दोस्रो कार्याकालका लागि निर्विरोध उपराष्ट्रपति बनेका छन् ।
निर्वाचन आयोगले चुनावी प्रक्रिया पूरा गर्नु पर्ने भएकाले यसको औपचारिक घोषणा हुन बाँकी रहेको छ ।
राष्ट्रपतिमा आफ्नो उम्मेदवार उठाएको कांग्रेसले उपराष्ट्रपतिमा भने उम्मेदवारी नदिएपछि पुन निर्बिरोध निर्वाचित भएका हुन् ।








