
काठमाडौं । नेपाली क्रिकेट टिमले एक दिवसीय मान्यता पाउने निश्चित भएपछि सबै नेपालीले खुसी मनाइरहेका छन् । नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले पनि खुसी बाँडेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले सफलताको यात्रामा सहभागी सबैलाई धन्यवाद दिएका छन् । ‘समर्थनको लागि तपाईं सबैलाई धन्यवाद,’ उनले लेखेका छन्, ‘बस, वर्षौं वर्षदेखिको परिश्रम, जिद्दी, बलिदान, प्रतिबद्धता तथा कठोर परिश्रम …। अन्तमा हामी एकदिवसीय मान्यताप्राप्त देश बनेका छौं ।’
उनले यो अभियानमा सहभागी सबैलाई बधाई दिएका छन् । उनले भनेका छन्, ‘नेपाली क्रिकेटको यो अविश्वस्नीय यात्राका सहभागीहरु सबैलाई बधाई । भगवानले भलो गरुन् ।’






