पूर्वरानी कोमल शाह अश्वस्थ

कात्तिक १० । काठमाडौं, दरबार हत्याकाण्डमा लागेको गोलीको छर्राको कारण पूर्वरानी कोमल शाह बिरामी पर्नु भएको छ ।

दरबार हत्याकाण्डमा लागेको गोलीको छर्रा निकाल्न कोमल एक पटक सिंगापुर र एक पटक बेलायतसम्म पुगिसक्नु भएको थियो ।

छर्रा निकाल्दा झनै खतरा हुने भएकोले उहाको शरिरबाट छर्रा अझै निकालिएको छैन ।

तर, अहिले ती छर्राहरु पहिलेको ठाउँबाट केही पर सरेको र मुटुको नजिकसमम छर्रा पुग्न लागेको डाक्टरहरु बताउँछन् ।

त्यसबाट कोमलको छातीमा असजिलो महसुस भएको हो ।

छाउनी अस्पतालमा डा. किशोर राणाले उहाको स्वास्थ्य उपचार गरिरहनु भएको छ ।

चिकित्सकहरुले एकदुई महिनामै भारत गइ उपचार गर्नसमेत सुझाव दिएको स्रोतले बताएको छ ।

सम्बन्धित शिर्षकहरु