एजेन्सी, बलिउड चलचित्र ‘क्यालेन्डर गर्लस्’को ट्रेलर रिजिल भएको छ ।
मधुर भण्डारको निर्देशनमा बनेको चलचित्र क्यालेडर गल्र्सको ट्रेलरमा पाँच हट युवतीहरुको अभिनय रहेको छ ।
यी युवती यही चलचित्रबाट बलिउडमा यात्रा सुरु गरेका हुन् ।
ट्रेलरमा ग्लामरसको संसारमा न्यु जेनेरेसनमा फेसन मोहलाई आधार बनाएर चलचित्र निमार्ण गरिएको हो ।
जसमा पाँच मोडल युवतीको कथालाई चलचित्रमाा देखाउन खोजिएको छ निर्देशकले बताएका छन् ।
चलचित्र आगामी सेप्टेम्बर २५ मा रिलिज हुदै छ ।चलचित्रमा परोमा घोष,नाजनीक मलिक,नन्दीता मेनन,शेरन पिन्टो र मयुरी चौहान नाम गरेका पाँच मोडलको अभिनय रहेको छ ।







