बालुवाटारबाट आफ्नै घर फर्किए देउवा,ओलीको प्रवेश अनिश्चित

काठमाडौं । पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा सरकारी निवास बालुवाटारबाट बुढानिलकण्ठको आफ्नै घर फर्किएका छन् । प्रधानमन्त्री बनेपछि बालुवाटार सरेका देउवा एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्रीको जिम्मा लगाएर आफ्नै घर फिरेका हुन् ।

देउवा दिउँसो एक बजेपछि बालुवाटारबाट निस्किएको उनका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए । देउवाका धेरैजसो सामान भने हिजै बालुवाटारबाट बुढानिलकण्ठ लगिएको थियो । गत जेठ २३ गते प्रधानमन्त्रीमा निर्वाचित भएपनि, देउवा ज्योतिषको सल्लाह अनुसार असार ५ गते बालुवाटार सरेका थिए । ज्योतिषकै सल्लाह मान्दै देउवाले मध्यान्ह कटाएर बालुवाटार निवास छाडेका हुन् । ज्योतिषले देउवालाई यही फागुन ५ भित्र बालुवाटार छाड्न सल्लाह दिएका थिए ।

देउवाले बालुवाटार छाडे पनि पनि नवनियुक्त प्रधानमन्त्री ओलीको बालुवाटार प्रवेश भने निश्चित भएको छैन ।

सम्बन्धित शिर्षकहरु