नयाँ सरकार गठनसँगै सेयर बजारमा हरियाली

काठमाडौं । देउवा सरकारको बहिर्गमन र एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठनको तयारी सुरुभएसँगै सेयर बजार परिसूचक नेप्से एकै दिन ३६.०१ अंकले बढेर १४ सय २४.९५ विन्दुमा पुगेको छ । नयाँ सरकार बनेपछि लगानीकर्तामा आसा पलाएको विश्लेषकहरु बताउँछन् । यसदिन क वर्गका परिसूचकहरुको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ७.७२ अंकले बढेको छ । बिहीबार बजारका सबै परिसूचकहरु बढेका छन् । बजारमा १६५ कम्पनीको १५ लाख ६ हजार ६३४ कित्ता सेयर ६ हजार ८६३ पटक कारोबार हुँदा ६६ करोड ३९ लाख रुपैंया बराबरको कारोबार भएको छ ।

सम्बन्धित शिर्षकहरु