काठमाडौं । देशवासीका नाममा सम्बोधन गरी राजिनामाको घोषणा गर्ने प्रधानमन्त्री देउवाको योजना आजका लागि स्थगित भएको छ। यसअघि अपरान्ह ५ बजे देशवासीका नाममा सम्बोधन गरेर राजिनामाको घोषणा गर्ने योजना प्रधानमन्त्री देउवाले बनाएका थिए।
राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा गोबिन्दराज पोखरेल सहितको प्रधानमन्त्रीले गर्ने सम्बोधन बक्तव्य तयार पारेको थियो। तर आज प्रधानमन्त्रीको सम्बोधन नहुने भएको छ’ बालुवाटार निकट स्रोतले भन्यो, ‘अब सम्बोधन र राजिनामा घोषणा भोलि हुनेछ।’








