
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले प्रदेश नं ३ संसदीय दलका नेतामा शालिकराम जमरकट्टेल (धादिङ) लाई चयन गरेको छ । संसदीय दलको आज बसेको बैठकले संसदीय दलका नेतामा जमरकट्टेललाई चयन गरेको हो ।
यसैगरी दलको उपनेतामा कुमारी मोक्तान (मकवानपुर) र प्रमुख सचेतकमा वसन्त माझी (सिन्धुली) र सचेतकमा प्रतिमा श्रेष्ठ (भक्तपुर)लाई चयन गरेको छ । प्रदेश नं ३ का उपसभामुखमा राधिका तामाङ (नुवाकोट)लाई उम्मेदवार बनाउने निर्णय भएको संसदीय दलका नेता जमरकट्टेलले जानकारी दिएका छन् ।
संसदीय दलको बैठकलाई माओवादी केन्द्रका ३ नं प्रदेश इञ्चार्ज हितमान शाक्य र नेता झक्कुप्रसाद सुवेदीले सम्बोधन गर्दै जनअपेक्षानुसार काम गर्न प्रदेशसभा सदस्यलाई आग्रह गरेका थिए ।








