पत्रकारको भेषमा चोरी गर्ने पक्राउ

काठमाडौ । पत्रकारको भेषमा विभिन्न कार्यक्रमहरुमा सहभागी भई उनीहरुकै सरसामान चोरी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । फायर साइड डेल्लीको नाममा प्रेस कार्ड बोकी चोरीकै हेतुले विभिन्न कार्यक्रमहरुमा सहभागी भई चोरी गर्ने ललितपुरको गोदावरी–५ का ५२ वर्षीय अशोक भनिने हरिशरण केसीलाई प्रहरीले पक्राउ गरेको हो ।

उनले चार दिनअघि मात्रै पनि काठमाडौंको जमलस्थित होटल एल्लो प्यागोडामा भएको बैंकरहरुको तालिममा सहभागी भई त्यहाँकी एक प्रशिक्षात्रीको व्यागबाट नगद र मोबाइल चोरी गरेका थिए । महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले उनलाई मंगलबार लगनखेलबाट पक्राउ गरेको हो ।

अनुसन्धानका क्रममा केसीले विभिन्न सञ्चारमाध्यमहरुमा गएर कार्यक्रमको बारेमा सोधपुछ गर्दै त्यहाँबाट ल्यापटप समेत चोरी गर्ने गरेको खुलेको छ ।

सम्बन्धित शिर्षकहरु