सल्यान । रुकुमबाट दाङतर्फ जाँदै गरेको यात्रुबहाक बस सल्यानको त्रिवेणी–६ भाटखोलामा भएको दुर्घटनामा मृत्युहुनेको संख्या ४ पुगेको प्रहरीले जानकारी दिएको छ।
दिउँसो करिब २ बजे ना ५ ख ५३१ नम्बरको बस दुर्घटनामा परि ४ जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमध्ये रुकुमकी पुष्पा खड्का केसी र सल्यान बागचौर नगरपालिका १० कि ६५ वर्षीया छन्चरी बिकको मात्र सनाखत भएको छ भने अरु दुइ जनाको सनाखत नभएको प्रहरी जानकारी दिएको छ । घाइते भएका मध्ये ११ जनाको अबस्था गम्भीर छ । बस सडक बाट करिव १५० मि तल खसेको थियो ।
बसमा कति जना सवार थिए भन्ने एकिन नभएको प्रहरीले जनाउनुका साथै घाइतेहरुको कान्तिपुर मेडिकल,श्रीनगरको मोडल अस्पताल र सल्यान जिल्ला अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइतेहरूलार्इ थप उपचारका लागि दाङ र बाँके लैजाने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ ।









