प्रचण्डलाई उत्तर कोरिया भ्रमणको निम्तो

काठमाडाैँ । उत्तर कोरियाले अाफ्नो राजदूत किम योङ हाक मार्फत माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई उत्तर कोरियाको भ्रमणको निम्तो दिएको छ। नेपालका लागि उत्तर कोरियाली राजदूत किम योङ हाक आइतबार विहान पेरिसडाँडास्थित माओवादी केन्द्रको कार्यालय पुगेर प्रचण्डलाई निम्तो दिएका हुन्।

कोरियन श्रमिक पार्टीको ७० औं पार्टी स्थापना दिवस आगामी सेप्टेम्बर महिनामा आयोजना गरिएको जानकारी दिँदै कार्यक्रममा आतिथ्यताका लागि राजदूत हाकले प्रचण्डलाई निम्तो दिएका हुन् । हाकलार्इ जवाफमा प्रचण्डले पार्टीको तर्फबाट उच्चस्तरीय प्रतिनिधित्व हुने अाश्वाशन दिएका छन् ।

वाम गठबन्धन बनाएर निर्वाचनमा विजय हासिल गरेकोमा राजदूत हाकले अध्यक्ष प्रचण्डलाई बधाई पनि दिए । उत्तर कोरियाली राजदूतसँग प्रचण्डले उत्तर कोरियाका संस्थापक नेता किम इल सुङको सङ्घर्षको गाथाबारे आफू जानकार रहेको बताउँदै नेपालमा शान्ति प्रक्रिया, संविधान निर्माण, संविधान कार्यान्वयनमा दलहरु मिलेर सफलता हासिल गरेको जानकारी गराएका थिए।

राजनीतिक स्थिरता र आर्थिक सम्बृद्धिका लागि एमाले–माओवादी केन्द्रबीचको एकता छिट्टै टुङ्गोम पुग्न लागेको जानकारी पनि प्रचण्डले उत्तर कोरियाली राजदूत ह्यकलाई दिए ।

सम्बन्धित शिर्षकहरु