काठमाडौं । अदालतको अवहेलना मुद्दामा बिहान साढे ८ बजे नै डा गोविन्द केसीलाई सर्वोच्च अदालतमा उपस्थित गराइए पनि उनको बयान सुरु हुन सकेको छैन। डा केसीले स्वास्थ्यमा असहजता महसुस गरेपछि उनलाई एम्बुलेन्समा राखिएको छ। इजलाश सञ्चालनका लागि दुई पटक सर्वोच्चमा फुलकोट बसिसकेको छ। डा केसीलाई प्रहरीको एम्बुलेन्समै राखेर सर्वोच्च अदालतमा पुर्याइएको थियो।
उनलाई अहिले सर्वोच्च परिसरमै एम्बुलेन्समा राखिएको छ। केही समयपछि उनको बयानको तयारी सर्वोच्चको छ। त्यसपछि उनको मुद्दामा बसह सुरु हुनेछ। आईओएमको डिन नियुक्तिसम्बन्धी फैसलामा केसीले दिएको प्रतिक्रियाले अदालतको अवहेलना गरेको भन्दै उनलाई सर्वोच्चको आदेशमा सोमबार प्रहरीले पक्राउ गरेको थियो। अवहेलना ठहर भए एक वर्ष कैद र १० हजार जरिवाना न्याय प्रशासनसम्बन्धी ऐनको दफा १७ को उपदफा १ मा सर्वोच्च अदालतले आफ्नो र आफूमातहतका अदालतको न्यायसम्पादनमा अवरोध गरेमा, फैसलाको अवज्ञा गरेमा अदालतको अवहेलनामा कारबाही चलाउन सक्ने उल्लेख छ । अवहेलना कारबाहीका लागि अदालतले न्याय प्रशासनसम्बन्धी ऐनको व्यवस्थामा टेकेर कारबाही गर्ने गरेको छ । डा. गोविन्द केसीले ‘अदालतको अवहेलना गरेको ठहरेमा सम्बन्धित अदालतले कसुरदारलाई एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय वा अन्य उपयुक्त आदेश गर्न सक्नेछ,’ ऐनको दफा १ को उपदफा ४ मा उल्लेख छ । तर, त्यसअगाडि अभियुक्तले माफी माग्न सक्ने प्रावधान पनि छ ।
डा. केसीको पक्राउप्रति गृहमन्त्री समेत रहेका प्रधानमन्त्रीको आपत्ति गृह मन्त्रालय समेत सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले डा. गोविन्द केसीलाई प्रहरीले पक्राउ गरेको भन्दै आपत्ति जनाएका छन् । गृह मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका देउवाले आफूलाई कुनै जानकारी नगराई पक्राउ गरेको विषयमा आफ्नो असहमति रहेको बताए । ‘मैले केसी पक्राउ परेको समाचार हेरेर थाहा पाएँ । उहाँलाई पक्राउ गर्न जाँदा कसलाई सोधेर प्रहरी गयो ? यसमा मेरो असहमति छ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले देउवाको भनाइ उद्धृत गर्दै भने, ‘केसी कुनै अपराधी होइनन्, रातारात पक्राउ गर्नुपर्ने कारण थिएन ।’









