गोली काण्डका विषयमा सर्वदलिय बैठक बसेर सहमति खोज्दै कालिकोट

कालीकोट । प्रहरीले चलाएको गोली लागेर हिजो एक म्यादी प्रहरीको मृत्यु भएपछि अशान्त भएको कालीकोटको अवस्था अहिले भने सामान्य रहेको छ ।

हिजो दिउँसो पारिश्रमिक थोरै भएको भन्दै नारावाजीमा उत्रिएका म्यादी प्रहरीलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा एकको मृत्यु भएको थियो भने २ जना गम्भिर घाईते भएका थिए ।

घटनाबाट स्थानीय आक्रोसित भएका छन् भने रास्कोट नगरपालिका वडा नं.२ का मृतक विवेक एैडीका आफन्तले आन्दोलन स्थगित नगर्ने बताएका छन् । जिल्ला प्रहरी कार्यालय कालीकोटले दिउँसो सर्वदलिय वैठक बसेर सहमति खोज्ने तयारी भएको जानकारी दिएको छ ।

सम्बन्धित शिर्षकहरु