
एजेन्सी । अभिनेत्री अनुष्का शर्मा र क्रिकेटर विराट कोहली ११ डिसेम्बरमा वैवाहिक बन्धनमा बाँधिइसकेका छन् । यसपछि उनीहरुलाई बलिउड तथा क्रिकेटका हस्तीसँगै फ्यानहरुले बधाई दिए । तर, हालसम्म दीपिका पादुकोण र रणवीर सिंहले भने अनुष्का र विराटको जोडीलाई बधाई दिएका छैनन् ।
उनीहरुले बधाई नदिनुको कारण उनीहरुका फ्यानहरुले विभिन्न अड्कल बाजी गर्न थालेका छन् । बताइएअनुसार अनुष्का शर्मा र दीपिकाबीच राम्रो सम्बन्ध छैन । पहिला रणवीर र अनुष्का प्रेममा रहेको हल्ला चलेको थियो । त्यस लगत्तै रणवीर दीपिकासँग अफेयर रहे । सोही कारण उनीहरुले बिहेको तथा शुभकामना नदिएको आशंका गरिएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार दीपिका र रणवीरले विराट-अनुष्काको जोडीलाई बधाई स्वरुप एक विशेष गुलाफ पठाएको बताएका छन् । तर, विराट र अनुष्का अहिले भारतमै छैनन् । सञ्चारमाध्यमका अनुसार उनीहरुले विराट-अनुष्काको नयाँ घरमा रहेका सेक्युरिटी गार्डलाई उक्त गुलाफ पठाएको बताएका छन् ।








