महानगरमा थुप्रिएको फोहर आजबाट उठ्ने

भदौं २५,काठमाडौं । काठमाडौं उपत्यकामा थुप्रिएर रहेको फोहोर आजबाट उठ्ने भएको छ ।

उपत्यकाको फोहर फालिँदै आएको ओखरपौवाका बासिन्दाले अवरोध गरेका कारण गत सातादेखि उपत्यकाको फोहोर उठ्न नसकेको हो ।

शनिबार काठमाडौं महानगरपालिका र स्थानीय बासिन्दाबीच नयाँ समझदारी भएपछि फोहोर उठ्ने भएको महानगरपालिकाले जानकारी दिएको छ ।

ओखरपौवाका बासिन्दाले प्रभावित क्षेत्रका आवासलाई दिँदै आएको मुआब्जाको दूरी सीमा घटाएको विरोधमा उनीहरुले फोहोर फाल्न अवरोध गरेका थिए ।

महानगरले आवास प्रभावितलाई प्रतिस्क्वायर मिटर बार्षिक ५० रुपैयाँ दिँदै आएकोमा नयाँ आर्थिक बर्षदेखि उक्त रकम घटाएको कारण स्थानीयले विरोधस्वरुप फेहोर फाल्न अवरोध गरेको जनाइएको छ ।

सम्बन्धित शिर्षकहरु