पुस २४ । काठमाडौं,कांग्रेस, एमाले र एमाओवादीका शीर्ष नेताहरु संघीयता, शासकीय स्वरुप, निर्वाचन प्रणाली लगायतका संविधानका विदादित बिषयहरु संवाद तथा सहमति समितिमा फिर्ता पठाउन सहमत भएका छन ।
विहीबार बसेको प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठकमा एमाओवादी नेता डा. बाबुराम भट्टराईले नेत्रित्व गर्नु भएको राजनीतिक संवाद तथा सहमति समितिमा विवादका बिषय पठाउने सहमति भएको हो ।भट्टराई नेतृत्वको समितिले यसअघि संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई बुझाएको प्रतिवेदनमाथि संविधानसभा बैठकमा छलफल टुङिएको छनै । सभासदहरुको अाआफ्नो धारणा प्रस्तुत भएपछि विवादित विषयको टुंगो लगाउन संवाद समितिमै फिर्ता पठाइने छ ।
प्रतिवेदन सम्वाद समितिमा पठाउनेबारे मधेसी मोर्चाका नेताहरुसमेत बसेर अन्तिम निर्णय गर्ने नेताहरुले जानकारी दिएका छन् । यद्यपी मोर्चाका नेताहरुले एमाले अध्यक्ष केपी ओली सहभागी बैठकमा आफूहरु नजाने बताउँदै आएका छन् ।
बैठकपछि एमाओवादी नेता तथा संवाद समितिका सभापति डा. भट्टराईले सबै दलका शीर्ष नेताहरु लचिलो भएर छिटो टुंगोमा पुग्नुपर्ने बताउनु भयो ।








