भदौ २०, काठमाडौं । युएईस्थित नेपाली दूतावासले मानव तस्करीमा संलग्न ५१ जना दलालको नाम सार्वजनि गरेको छ । दूतावासले उनीहरूलाई कारबाही गर्न पनि सिफारिस गरेको छ। भिजिट भिसा तथा कामदार भिसामा युएई पुर्याएर अलपत्र पारेका महिलाको उजुरीका आधारमा दूतावासले दलालको सूचि तयार पारेको हो ।
सूचिमा परेका दलालसँग सचेत हुन युएईस्थित नेपाली दूतावासले जानकारी गराएको छ । सूचिमा परेका दलाललाई कारबाहीका लागि सहयोग गर्न समेत दूतावासले आग्रह गरेको छ । यस्तै यस्ता कार्यमा संलग्न ट्राभल एजेन्सि र यजेन्टलाई पनि कारबाहीको दायरामा ल्याउने दूतावासले जनाएको छ । दूतावासले कानूनि प्रक्रिया पुरा गरेर मात्रै वैदेशिक रोजगारीमा आउन आग्रह गरेको छ ।
सार्वजनिक सूचीमा ट्राभल एजेन्सी र म्यानपावरमा काम गर्ने व्यक्तिसमेत छन्। अवैध रूपमा घरेलु कामदारका रूपमा र काम खोज्दै भिजिट भिसाका लागि लगिएका ७१ पीडितले दिएको उजुरीका आधारमादलाल, ठग र मानव तस्करको नाम सार्वजनिक गरेको हो पीडित कामदारमा ३३ महिला र ३८ पुरुष छन्। भिजिट भिसामा जाने कामदारले दलाललाई तीन लाख रुपैयाँसम्म बुझाएका थिए।
दलालले महिलालाई भिजिट भिसामा लगेर अलपत्र पार्दै आएका छन् । युएईले नेपालीलाई भिजिट भिसा सहजै दिने भएकाले दलालले त्यसको फाइदा उठाउने गरेका छन् । भिजिट भिसामा जानेले आउने जानेसहित सबै खर्च आफैं व्यहोर्नु पर्छ ।
दलालले युएई पुर्याएर अलपत्र पारेका ३३ जना महिला र ३८ जनापुरुष गरि ७१ जना नेपालीको गएको डेढ महिनामा दूतावासले उद्धार गरेको छ ।








