भदौं १३, काठमाडौं । काठमाडौंको भृकुटी मण्डपमा आजदेखि नाडा अटोमोबाइल्स् एशोसियशन अफ नेपालको आयोजनामा नाडा अटो-शो सुरू हुँदैछ । आजदेखि सुरु हुने शो १८ गतेसम्म चल्ने छ ।
अटो-शोमा विभिन्न ४१ वटा ब्राण्डका सवारी साधन राखिने छन् । हुण्डाई, टाटा, फोर्ड, होन्डा, महिन्द्रा, टोयोटा, सुजुकी, डाट्सन, लगायतका १६ वटा ब्राण्डका चार पांग्रे, बजाज, यामाहा, हिरो, होन्डा, टिभीएस लगायतका १९ वटा ब्राण्डका दुई पांग्रे र टाटा, अशोक लेल्याण्ड, महिन्द्रा लगायतका ६ वटा ब्राण्डका हेवी कमर्सियल सवारी साधन प्रदर्शनीमा राखिने नाडा अटोमोबाइल्स् एशोसियशन अफ नेपालका अध्यक्ष अञ्जन श्रेष्ठले जानकारी दिए ।
उनकाअनुसार सवारी साधनको प्रदर्शनीमा बैंक तथा वित्तीय संस्था, सवारी सुरक्षा प्रविधि, स्पेयर पार्टस् र लुब्रिकेण्टसका पनि स्टल राखिने छन् । नाडा अटो शोको शुरुआत भने सन् १९९८ देखि भएको हो । त्यस वर्ष २६ प्रदर्शक सहभागी थिए । त्यसपछिका केही संस्करण २ वर्षमा एकपटक हुँदै आएको थियो ।
सवारीको आयात बढेसँगै सवारी निर्माता कम्पनीले नेपालमा आधिकारिक डिलर तोकेर नै सवारीको विक्री थालेका हुन् । यसरी सवारी विक्री हुने क्रम बढेसँगै सवारी विक्रेताको संस्था स्थापना भयो । २०३२ सालमा अटोमोबाइल एशोसिएशन अफ नेपाल स्थापना भएको थियो ।
२०६१ र ६२ मा आइपुग्दा यो संस्थाको नाम नेपाल अटोमोबाइल डिलर एशोसिएशन (नाडा) भयो । २०७२ मा यस संस्थाले आफ्नो नाम पुनः परिवर्तन गरी नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल बनायो । अटोमोबाइल व्यवसाय प्रवद्र्धनमा थप टेवा पुगोस् र उपभोक्ताले एकै ठाउँमा धेरै सवारीबारे जानकारी पाऊन् भन्ने उद्देश्यले अटो शोको आयोजना गरिँदै आएको छ ।
के के छन त अफर?
महिन्द्राको सुनदेखि गाडीसम्मको अफर
महिन्द्राले गाडी किन्ने बित्तिकै स्क्र्याच मा एक तोलासम्मको सुन तथा महिन्द्रा गस्टो १२५ को अफर ल्याएको छ । कम्पनीले १५ दिने बम्परमा महिन्द्रा मोजो ३०० सिसिको अफ राइड बाइक राखेको छ ।
डाट्सनको बिमा सुविधादेखि बम्पर उपहार
डाट्सन गाडीको खरिदमा दुई लाख २५ हजारसम्मको नगद छुट, एक वर्षको निस्शुल्क बीमा, एक्सचेन्ज सुविधा, निस्शुल्क एक्सेसरिज् तथा लक्की९ड्र मार्फत पाँच लाख रुपैयाँसम्मको नगद छुट र बम्पर उपहारमा डाट्सन रेडि(गो ल्याएको छ ।
डि लाइफस्टायलको उपहारमा आइफोनदेखि देखि सामसङका मोबाइल
डि लाइफस्टायलले आफ्ना दुई स्कुटर भेस्पा र अप्रेलियामा दसैं, तिहार र छठ २०७४ को ग्राण्ड फेस्टा अफर ल्याएको छ । भेस्पा स्कुटर खरिद गर्नेलाई लक्की ड्र मार्फत नयाँ आइफोन तथा अप्रेलिया स्कुटर खरिद गर्नेलाई बम्पर उपहार स्वरुप सामसङ ग्यालेक्सी एस८ राखिएको छ ।
फोर्डको क्यासमा क्यास अफर
फोर्डको क्यासमा क्यास अफर अन्तर्गत गाडीमा सात लाख रुपैयाँसम्मको क्यास डिस्काउण्ट अफर राखेको छ । त्यस्तै ब्याजदर पनि ८।९९ प्रतिशत ब्याजदर राखेको छ ।
यमाहाको एक लाख रुपैयाँ पुरस्कार
यस योजनामा यमाहा ब्रान्डका मोटरसाइकल र स्कुटर खरिद गर्ने ग्राहकले तुरुन्तै सात हजार रुपैयाँ छुट, साप्ताहिक लकी ड्रमार्फत एक लाख रुपैयाँ पुरस्कार र बम्बर पुरस्कारमा ब्रान्ड न्यु स्कोडा र्यापिड जित्न सक्ने कम्पनीले जनाएको छ







