तेह्रथुममा भाइरल ज्वरोको महामारी नियन्त्रण बाहिर

भदौ १०,तेह्रथुम ।मौसममा परिवर्तनका कारण दुई साता यता तेह्रथुममा फैलिएको भाइरल ज्वरोको महामारी नियन्त्रण बाहिर जान थालेको छ ।

जिल्ला अस्पतालमा मात्रै दैनिक १ सय ५० जना भाइरल ज्वरोका बिरामी आउने गरेका छन् ।

जिल्ला स्वास्थ्य प्रमुख डा। मुक्तिनारायण शाहलेका अनुसार जिल्लाका बसन्तपुर र संक्रान्तिबजारमा रहेका प्राथमिक स्वास्थ्य केन्द्र साथै सिम्ले, जलजले, फुलेक, सोल्मा, शुक्रबारे, फाक्चामारा, ओख्रे र जिरिखिम्तीलगायत गाउँका स्वास्थ्य चौकीमा समेत भाइरल ज्वरोका बिरामीको संख्या उच्च रहेको छ।

१५ शैयाको अस्पतालमा अहिले २५ जनासम्म बिरामी भर्ना भएका छन् । सुरुमा रुघाखोकी लाग्ने, घाँटी दुख्ने, पेट दुख्ने, खान मन नलाग्ने, वान्ता हुने, नाकबाट सिंगान बगिरहने र अन्त्यमा ज्वरो आउने लक्षण बिरामीमा देखिने गरेको छ ।

जिल्ला अस्पतालको स्टोरमा नै औषधि अभाव रहेकाले गाउँमा पठाउन समस्या भएको डा। शाहले बताए । औषधिसमेत कतिपय गाउँसँग सडक सम्पर्क टुटेकाले पठाउन नसकिएको बताइएको छ ।

सम्बन्धित शिर्षकहरु