भदौ ५,काठमाण्डौं। नेपालि साहित्यीक फाँटमा आफुलाई छुट्टै पहिचान बनाउदै आएकी कवि निरा शर्मा द्वारा रचित ‘बा’शिर्षकको गध कबिता लाई संगीतकार हरि लम्सालले अाफ्नै संगीतमा गाएका छन् । यसमा संगीतकारको रुपमा परिचित हरि लम्साललाई चर्चित कार्यकम प्रस्तोता सबिना कार्कीले संवादमा साथ दिएकी छिन्।
एक त गध कवितालाई संगीत दिएर गेयात्मक वनाउन सक्नु अाँफैमा चुनौतिपूर्ण हो र चुनौतिलाई सामना गरेर सार्थक वनाउनु संगीतकार लम्सालको ठूलो उपलव्धि हुनुका साथै नेपाली संगीत क्षेत्रमा एउटा अलगै प्रयोग पनि हो।नीरा शर्माद्वारा लिखित वा कविता अाँफैमा वहुचर्चित रचना हो सायद यो जति चर्चित वाको वारेमा लेखिएको नेपाली साहित्य इतिहाँसमा सायदै अर्को कृति नहोला।यहाँ जसले पनि अामाको मात्र गुणगान गाउँछन् तर तिनै सन्तानको लागि अहोरात्र खटिने वा सँधै अोझेलमा किन पर्छन् भन्ने गुनासो कवि नीरा शर्माको रहेको छ।
अाफ्ना परिवारलाई सँधै हँसाउने वाको अनुहार कहिल्यै हँसिलो देखिंदैन भन्ने भाव कविको छ।







