भदौ २३।इलाम,एसएलसीको पूरक परीक्षामा अनुत्रिण भएपछि इलामकी एक छात्राले आत्महत्या गरेकी छिन् ।
सामाजिक र गणित विषयको परीक्षा दिएकी इलाम नगरपालिका-९ की १९ वर्षीया लक्ष्मी कटुवालले नतिजा आउने बित्तिकै घरको निदालमा सलको पासो लगाएर गएराति आत्महत्या गरेकी जिल्ला प्रहरी कार्यालयले जनाएको छ । “एसएलसीमा पास हुन्छु भन्दै रमाइरहेकी थिइन्, तर नतिजा आउने बित्तिकै छोरीले झुन्डिएर आत्महत्या गरिन्,” अभिभावकको भनाइ उद्धृत गर्दै प्रहरी निरीक्षक यामबहादुर पौडेलले भन्नुभयो । कुन विषयको नतिजा बिग्रियो भन्ने अभिभावकलाई थाहा छैन ।
नतिजा हेरेपछि आइतबार राति ८.२० बजे छात्राले आत्महत्या गरेकी हुन् । उनको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ ।








