रक्तदान गर्न उत्प्रेरणा जगाउन रक्तदाता दिवस मनाइदै

जेठ ३१ ।काठमाडौँ,विश्व रक्तदाता दिवस, ‘रगतदान गरौँ, अहिले गरौँ, समय समयमा गरौँ’ भन्ने नाराका साथ नेपालमा पनि विविध कार्यक्रम गरी मनाइदैछ ।रक्तदान गर्न आम समुदायलाई थप उत्प्रेरणा जगाउने उद्देश्यले यो दिवस विविध कार्यक्रमको आयोजना गर्दै नेपालमा १३औँ विश्व रक्तदाता दिवस मनाइन लागिएको हो ।
हालसम्म १५०औँ पटक रक्तदान गर्नुभएका प्रेमसागर कर्माचार्य भन्नुहुन्छ, ‘रगत दिँदा केही हुँदैन’ भन्ने चेतना समाजमा आउन नसक्दा अझै पनि सहजरुपमा बिरामीले रगत पाउन सकिरहेका छैनन् । ‘रगत दान जीवन दान’ कुराकानीको विषय भएको छ, व्यावहारिकरुपमा अझै उत्रन सकेको छैन ।
भदौ १९ गते स्थापना भएको नेपाल रेडक्रस सोसाइटीले विसं २०२३ साउन १२ गतेदेखि रक्तदान कार्यक्रमको सुरुवात गरेको थियो ।

रक्त समूह पत्ता लगाउने वैज्ञानिक डा कार्ल ल्यान्डस्टिनरको जन्मदिन जुन १४ को सम्झनामा विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा सन् २००४ देखि यो दिवस मनाउन सुरु गरिएको हो ।

नेपालमा रक्तदान सुरु भएको ५१ वर्ष बितिसकेको छ । उसो त नेगेटिभ रगत समूहको रगत पाउन त झनै मुस्किल पर्ने गर्दछ । विसं २०२०
सोसाइटीका पूर्वकेन्द्रीय सदस्य डा गौरीशङ्करलाल दासका अनुसार चिकित्सक धनञ्जय रिमालले तत्कालीन राजा महेन्द्रको रगत झिकेर रक्तदान कार्यको विधिवत् सुरुवात गर्नुभएको थियो । तर समाजसेवी दयावीरसिंह कंसाकारले पहिलो रक्तदान गर्नुभएको थियो ।

सोसाइटीले सुरुका दिन मिलिटरी अस्पतालको उत्तरपट्टिको कोठालाई ‘लक्ष्मी ब्लड बैंक’ नामाकरण गरीे आफ्नो सेवा सञ्चालनमा ल्याएको थियो । सुरुमा रगत दिने र चाहिनेका बीचमा मोलतोल भई खरिद बिक्री हुने गर्दथ्यो । अर्कोतर्फ ब्लड बैंकसित आधुनिक प्रयोगशाला नभएका कारण सामान्य प्रयोगशालामा परीक्षण गर्दा रगत समूह मिल्दैनथ्यो । रगत किन्न दुःख पाउँथे भने दिने पनि रक्त अल्पताको सिकार हुने गरेको कुरा पूर्वकेन्द्रीय सदस्य डा दासले सोसाईटीद्वारा प्रकाशित नेपाल रेडक्रस सोसाइटी मानवीय सेवामा ५० वर्ष नामक स्मारिकाको आलेखमा जनाउनुभएको छ ।

विभिन्न दुर्घटना, प्रसूति, क्यान्सर, शल्यक्रिया गर्नुपर्ने रोग जस्ता बिरामीको सङ्ख्या बढ्दै जाँदा रगतको मागसमेत दिन प्रतिदिन बढ्दै गएको छ । केन्द्रका निर्देशक डा राजकर्णिकारका अनुसार देशभर दैनिकरुपमा दुई हजार युनिट रगतको खोजी रक्तसञ्चार केन्द्रमा हुने गर्दछ । हाल सोसाइटीअन्तर्गत आफ्ना ७२ जिल्लाका १०५ स्थानबाट रक्त सञ्चार सेवा सञ्चालनमा रहेको छ । रगतको माग र आवश्यकतालाई पूरा गर्न केन्द्रलाई मुस्किल परिरहेको बताइन्छ ।
यसैबीच भूकम्पले भृकुटीमण्डपस्थित रक्तसञ्चार सेवा केन्द्र भवनलाई क्षति पुर्याएपछि सोही स्थानमा सोसाइटीले केन्द्रको आधुनिक भवन निर्माण गर्ने भएको छ ।

सम्बन्धित शिर्षकहरु