भदौ १८ । काठमाडौँ,राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका तर्फबाट मनोनीत संविधानसभाका सभासद् गणेश थापाले आज पद तथा गोपनियताको सपथ लिनुभएको छ ।
संविधानसभा भवन नयाँ बानेश्वरमा आज आयोजित एक समारोहमा सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले उहाँलाई सपथ गराउनुभएको हो । दलहरुको सिफारिसमा यही भदौ १३ गते सरकारले २६ सभासद्मध्ये १७ जनाको मनोनयन गरेकामा गत सोमबार नेपाली काँग्रेस र नेकपा एमालेका तर्फबाट मनोनित १६ सभासद्ले सपथ लिनुभएको थियो ।
नवनियुक्त सभासद् थापालाई राप्रपा नेपालका अन्य सभासद्ले बधाई तथा शुभकामना दिनुभएको थियो । विशेष कारणबस सपथ लिन नभ्याउनुभएका थापालाई भने आज सपथ गराइएको हो ।







