माघ ८ मै संबिधान जारी गर्न दलहरु प्रतिबद्ध हुनुपर्छ : उपाध्यक्ष ज्ञवाली

भदौ १५ ।दाङ, नेकपा एमालेका उपाध्यक्ष यूवराज ज्ञवालीले माघ ८ मै संबिधान जारी गर्न दलहरु प्रतिबद्ध रहनुपर्ने बताउनु भएको छ ।

रिपोटर्स क्लब नेपाल जिल्ला शाखा दाङले तुलसीपुरमा आयोजना गरेको सात्क्षात्कारमा मस्यौदा समितिको उपाध्यक्ष समेत रहनु भएका ज्ञवालीले मस्यौदा समितिको दलहरुका बिचमा तीन सवालमा तिव्र छलफल भैरहेकाले पहिलो प्राथमिकता सहमतिमा संबिधान जारी गर्नु रहेको दावी गर्नु भयो । उहाले तर त्यो संभव नभए प्रकृयामा गएरै भएपनि संबिधान जारी हुने बताउनु भयो ।

उहाँले कतिपय विषयहरु जटिल भएका कारण जनमत संग्रहमा गएर भएपनि टुङग्याउनु पर्ने बताउनु भयो ।

दलहरुका बिचमा मुख्यगरी तिन विषयहरु राज्यको पुनर्संरचना, शासकिय स्वरुप र निर्वाचन प्रणालिमा फरक मत रहेको र त्यसलाई सल्टाउन शिर्ष नेतृत्व लागि परेको उहाँले जानकारी दिनुभयो ।
उहाले सरकार मन्द गतिमा चल्दा राज्यका महत्वपूर्ण कामहरु प्रभावित भएको बताउनु भयो ।
ज्ञवालीले बाढी पिडितहरुलाई राहात र पुनस्र्थापन तथा संबिधान निर्माणकालागि आगि हुनुपर्ने पहल कदमिमा ढिलाई भएकोप्रति चिन्ता व्यक्त्त गर्नु भयो ।
उहाले प्रचन्डलाई उच्चस्तरीय राजनितिक समितिको अध्यक्ष बन्न नदिन किन एमाले बिरोध गरिरहेको छ ? भन्ने पत्रकारहरुको प्रश्नको जवाफ दिँदै एमालेले त्यसको बिरोध हैन आलोपालो अध्यक्ष बन्नुपर्छ मात्रै भनेको बताउनु भयो ।

सम्बन्धित शिर्षकहरु