वैशाख २६ ।बैतडी,जिल्लाका ५५ हजार बाख्रालाई पीपीआर विरुद्वको खोप लगाइेको छ ।जिल्ला पशुसेवा कार्यालय पाटनले यही वैशाख ११ गतेदेखि १० वटा प्राविधिकको टोली खटाएर जिल्लाका दशरथचन्द नगरपालिका, शिवनाथ गाउँपालिका, पाटन नगरपालिका, डिलाशैनी गाउँपालिका, सिगास गाउँपालिकाका विभिन्न स्थानमा बाख्रालाई खोप लगाएको हो ।
भारतसँग सीमा जोडिएका क्षेत्र, सडक करिडोर क्षेत्रमा खोप अभियानलाई प्राथमिकता दिइदै यो कार्यक्रम गरिएको हो ।
कार्यालयका प्रमुख वरिष्ठ पशु विकास अधिकृत डा नवीन घिमिरेका अनुसार व्यावसायिक रुपमा बाख्रापालन गरिरहेका किसानलाई लक्षित गरेर पीपीआर विरुद्वको खोप अभियान सञ्चालन गरिएको हो । पीपीआर भाइरसको सङ्क्रमणबाट बाख्रामा लाग्ने एक प्रकारको सङ्क्रामक रोग भएको र यसको रोकथामका लागि पीपीआर विरुद्धको खोप एक मात्र उपाय भएको घिमिरेले बताउनुभयो ।








