स्थानीय निर्वाचनमा झन्डै पचास हजारले उम्मेदवारी दिए

वैशाख २२ ।काठमाडौँ,निर्वाचन आयोगका अनुसार स्थानीय तहको पहिलो चरणको निर्वाचनमा विभिन्न पदमा उम्मेदवारी दिनेहरुको संख्या झन्डै ५० हजार जना पुगेको छ ।
वैशाख १९ गते उम्मेदवारले मनोनयन दर्ता गराएको विवरण अनुसार तीन प्रदेशअन्तर्गत ३४ जिल्लाका दुई सय ८३ स्थानीय तहका विभिन्न पदमा ४९ हजार सात सय ५४ जनाले उम्मेदवारी दिएको निर्वाचन आयोगले आज जनाएको छ ।
अध्यक्ष तथा प्रमुखमा हजार नौ सय ४३, उपप्रमुख तथा उपाध्यक्षमा एक हजार चार सय ४५, वडाध्यक्ष १० हजार नौ सय ६०, दुई वडा सदस्यमा १८ हजार छ सय ८४, महिला वडा सदस्य नौ हजार एक सय ३९, दलित महिला वडा सदस्यमा सात हजार पाँच सय ८३ जनाले उम्मेदवारी दर्ता गराउएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनु भयो ।
स्थानीय तहको १३ हजार पाँच सय ५६ पदका लागि उक्त उम्मेदवारी परेको हो ।

सबैभन्दा बढी काठमाडौँ महानगरपालिकाका आठ सय ८७ र सबैभन्दा कम मनाङ जिल्लाको नारफु गाउँपालिकामा २३ जनाको उम्मेदवारी दर्ता भएको आयोगले जनाएको छ ।

सम्बन्धित शिर्षकहरु