सरकारबाट फिर्ता हुँदै राप्रपा

काठमाडौँ, १८ वैशाख -प्रधानन्यायाधीश सुशीला कार्कीमाथि  महाभियोग लगाउने विषयप्रति असन्तुष्टी जनाउँदै  राष्ट्रिय प्रजातन्त्र पार्टीले   सरकारबाट फिर्ता हुने निर्णय लिएको  छ ।

आज बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महाभियोगको विपक्षमा र  संविधान संशोधनको प्रस्तावलाई समर्थन गर्ने निस्कर्ष निकालेको  छ ।   स्थानीय तहकोे निर्वाचन सुनिश्चित गर्न भूमिका निर्वाह गर्ने तथा सांसद रामकुमार सुब्बा, विराज विष्ट र रेशम लामालाई स्पष्टीकरण लिने निर्णय गरेको कुरा पार्टीका केन्द्रीय सदस्य राजाराम श्रेष्ठले बताउनुभयो  । अघिल्लो दिन बसेको संसदीय दलको बैठकमा उपस्थित नभएका कारण उहाँहरुलाई स्पष्टीकरण लिने निर्णय गरिएको हो  ।

व्यवस्थापिका संसदमा राप्रपाबाट   ३७ सांसद छन्  जसमध्ये सरकारमा सहभागी हुनेमा पार्टी अध्यक्ष कमल थापा तथा नेता दीपक बोहरा, विक्रम पाण्डे, दिलनाथ गिरी र परशुराम तामाङ पर्नुहुन्छ

सम्बन्धित शिर्षकहरु