रुकुम बस दुर्घटनामा चार गम्भीर घाइते

रुकुम। जिल्लाको सदरमुकाम मुसिकोट खलङ्गाबाट चौरजहारी नगरपालिका जाँदै गरेको बस सोमबार दुर्घटना हुँदा चारजना गम्भीर घाइते भएका छन् ।

चौरजहारी नगरपालिकाको नुवाकोट जाँदै गरेको ग १ ख ४२४५ नम्बरको जिप मुसिकोट नगरपालिका–४ बोहोरागाउँमा दुर्घटना भएको हो ।

दुर्घटनामा त्रिवेणी गाउँपालिका–१० का २६ वर्षीय दुर्गाबहादुर खड्का, मुसिकोट नगरपालिका–११ का ३५ वर्षीय नैन पुन, २५ वर्षीया गीता पुन ओली र २७ वर्षीया गीता खड्का गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुमले जानकारी दिएको छ ।

घाइते सबैको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको प्रहरी निरीक्षक थम्मनबहादुर रजालीले जानकारी दिए।

घाइतेमध्ये गीता पुन ओलीको अवस्था जटिल रहेकाले उनलाई थप उपचारका लागि नेपालगन्ज रिफर गर्ने तयारी भइरहेको उनले बताए । ओरालोमा गाडीको ब्रेक फेल भएपछि दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

सम्बन्धित शिर्षकहरु