डडेलधुरा जीप दुर्घटनामा मृत्यु हुनेको संख्या सात पुग्यो

डडेलधुरा । डडेलधुराको भागेश्वरमा जीप दुर्घटनामा ज्यान गुमाउनेको संख्या सात पुगेको छ । दुर्घटनामा चालकसहित चारजना गम्भीर घाइते भएको जिल्ला प्रशासन कार्यालय डडेलधुराले जानकारी दिएको छ । र, घाइतेहरूको उपक्षेत्रीय अस्पताल डँडेलधुरामा उपचार भइरहेको छ । जीप सडकबाट डेढ सय मिटर तल खसेको थियो ।
से १ ज ८३३ नम्बरको जीप बुधबार मध्यान्ह पौने १२ बजे अमरगढी ३ ठूलोखोलामा दुर्घटनाग्रस्त भएको प्रमुख जिल्ला अधिकारी उदयबहादुर सिंह ठकुरीले जानकारी दिए । गाडीमा ११ जना यात्रु थिए र घाइते सबैको उद्धार भइसकेको उनको भनाइ छ । मृतकमध्ये हालसम्म पाँच जनाको सनाखत भएको छ ।
सनाखत भएका मृतक
गणेश सार्की, भागेश्वर–४, डडेल्धुरा
लक्ष्मण भट्ट, भागेश्वर–८, डडेल्धुरा
जयानन्द भट्ट, भागेश्वर–८, डडेल्धुरा
दिवाकर पाण्डेय, भागेश्वर–५, डडेल्धुरा
पदम बहादुर मल्ल, भागेश्वर–७, डडेल्धुरा
अन्य दुई जनाको नाम खुल्न सकेको छैन ।

सम्बन्धित शिर्षकहरु