प्रियंका चोपडा घाइते !

काठमाडौं ।  भारतीय अभिनेत्री प्रियंका चोपडा बिहीबार उनको टेलिभिजन शो ‘क्वान्टीको’ को एक स्टन्ट दृश्य छायांकन गर्ने क्रममा दुर्घटनमा परी अस्पाताल भर्ना भएको ‘टीएमजेड’ पत्रिकाले जनाएको छ । सो दुर्घटनामा उनको टाउकोमा चोट लागेको बताइएको छ ।

घटनापछि उनलाई तत्काल अस्पताल लगिएको र इमर्जेन्सी कक्षमा राखेर उपचार गरिएको बताइएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार प्रियंका चोपडालाई  उपचारपछि अस्पतालबाट डिस्चार्ज गरिएको छ । उनी डाक्टरको सल्लाहअनुसार आफ्नो घरमा आराम गरिरहेकी छन् र यो सप्ताहान्तमा काममा फर्कनेछिन् ।

सम्बन्धित शिर्षकहरु