इन्दिरा गान्धीको नाम यसरी राखिएको थियो

एजेन्सी, भारतमा पूर्वप्रधानमन्त्री इन्दिरा गान्धीको १००औँ जन्मजयन्ती मनाइयो । भारतमा सबैभन्दा धेरै ‘भ्रम’ फैलाइएकी नेतृमध्ये हुन्, इन्दिरा गान्धी । उनीबारे अहिलेसम्म कयौँ भ्रम फैलिएका छन् । तर, ती यति धेरै छन् कि कतिपयलाई ‘सत्य’ नै मान्न पनि थालिएको छ । यस्तै भ्रममध्ये एउटा उनको नाम र विवाहबारे हो । इन्दिराको नाम प्रियदर्शिनी इन्दिरा गान्धी पनि हो भन्ने त धेरैलाई थाहा नहुन पनि सक्छ । उनी पहिले नेहरू थिइन्, फिरोजसँग विवाह गरेपछि उनले थर परिवर्तन गरेर गान्धी बनाएकी हुन् ।

अधिकांशले मान्छन्, महात्मा गान्धीले इन्दिराका पति फिरोजलाई आफ्नो थर दिएका थिए । तर, यो सत्य होइन । प्रियदर्शिनी इन्दिरा नेहरूको फिरोजसँग विवाह हुने कुराले त जवाहरलाल नेहरू अत्यन्त निराश थिए । उनी यो विवाह नहोस् भन्ने चाहन्थे । यसको एउटा कारण हो– फिरोज मुस्लिम परिवारका थिए । फिरोज र इन्दिराको विवाह होस् भनेर महात्मा गान्धीले फिरोजलाई थर दिएको तर्क पनि यदाकदा आउने गरेको पाइन्छ । तर, यो सत्य होइन ।

भारतीय लेखक रामचन्द्र गुहाले आफ्नो पुस्तक ‘इन्डिया आफ्टर गान्धी स् दी हिस्ट्री अफ वल्र्ड लार्जेस्ट डेमोक्रेसी’मा यसबारे लेखेका छन् । उनका अनुसार इलाहबादको स्वतन्त्रता संग्राममा भाग लिन जाँदा फिरोज र इन्दिराको भेट भएको थियो । फिरोजले त्यसभन्दा धेरै अगाडि नै आफ्नो थर परिवर्तन गरेर गान्धी लेख्न थालिसकेका थिए ।
इन्दिरा गान्धीबारे फैलिएको अर्को भ्रम हो, उनको नामबारे । इन्दिरालाई प्रियदर्शिनी नाम भारतीय कवि रवीन्द्रनाथ टैगोरले दिएका हुन् भनेर बारम्बार भनिन्छ । तर, यो पनि सत्य होइन ।

खासमा इन्दिराको जन्म भएको केही समयपछि नै उनलाई यो नाम प्राप्त भएको थियो । खासमा उनका हजुरबुबा मोतीलाल नेहरू उनको नाम प्रियदर्शिनी राख्न चाहन्थे । तर, उनका बाबुआमा जवाहर तथा कमला नेहरूले उनलाई ‘इन्दिरा’ नाम दिने छलफल गरिसकेका थिए । मोतीलाल र जवाहर दुवैले आफूले भनेकै नाम दिने अडान लिएपछि यी दुवै नामलाई मिलाएर उनको नाम प्रियदर्शिनी इन्दिरा राखिएको हो।

सम्बन्धित शिर्षकहरु