“आफ्नै गोरेटोमा कान्तिपुर”

लोकतन्त्रमा संचार माध्यमहरूको भूमिका विषय सामयिक हुन पुगेको छ । यस विषयमा अध्ययन विश्लेषण गर्नु पहिले हामीले लोकतन्त्र एवं सन्चार माध्यमहरूको प्रकृतिमा नजर लगाउनु पर्ने हुन्छ । किन भने आज संचार माध्यममा तमाम प्रश्नहरू उठी रहेका छन भने अर्को तिर लोकतन्त्रमा मौलिक प्रश्नपनि आप से आप उठी रहेका पाइन्छ । जरूरी छ दुबै पहलुहरूको सूक्ष्मताबाट जाँच पड़ताल गर्नु । किनभने आज मीडियालाई लोकतन्त्रको एउटा हिस्सा मानिएको छ । इंग्लैण्डका महान वक़्ता वा दार्शनिक एडमाण्ड वर्मले प्रेसलाई लोकतन्त्रको चौथों स्तम्भ भनेका छन । यसलाई चरितार्थ गरेको छ नेपालको राष्ट्रिय दैनिक कान्तिपुरले । हुन त वर्मको आसय थियो तत्कालीन ब्रिटिश सरकारका तीन स्तम्भ हाउस औफ कामंस , हाउस औफ लार्ड्स र स्पिच्युचल लार्ड पछि स्थान प्रेसको नै थियो । हाम्रो नेपालको परिप्रेक्ष्यमा हामी भन्न सक्छौ कि सरकारका तीन स्तम्भ विधायिका , कार्यपालिका , न्यायपालिका पछि चौथों प्रेस अथवा सन्चार माध्यमको नै छ ।
स्पष्ट छ लोकतन्त्रमा संचार माध्यमहरूको भूमिका खोज्न हामीले लोकतन्त्रको यी स्थितिहरू बुझ्नुपर्छ । हामीले लोकतन्त्र र सन्चार माध्यमलाई छुट्टाछुट्टै हेर्दै दुबैको समन्वयको साइनो खोज्नु पर्ने हुन्छ ।
नेपालमा भ्रष्टाचार चर्चा र आन्दोलन एउटा प्रमुख विषय रह्यो । सिंहासन र व्यापार बीचको सम्बन्धले नेपाललाई जति तुषित गर्यो , भ्रष्ट र वेइमान भए तेती दुनियाँमा कहि भएको छैन । भ्रष्ट्राचारले देशको अर्थव्यवस्था र हरेक व्यक्तिमा विपरित प्रभाव पार्यो । नेपालमा राजनीतिक एवं नौकरशाहीमा भ्रष्टाचार व्यापक छ । यसका अतिरिक्त न्यायपालिका ,मीडिया , सेना , पुलिस आदिमा पनि भ्रष्टाचार व्याप्त छ । यस सम्बन्धमा कान्तिपुर दैनिकले सशक्त कदम उठाएको देखिन्छ
। यस बापत सम्पादक र अध्यक्ष थुनामा पनि परेका हुन । अदालतको आदेशबाट । डा० गोविन्द केसीको आन्दोलनमा पनि कान्तिपुर बढी प्रखर देखियो । जति प्रखरता कान्तिपुरले देखायो तेती अरू सन्चार माध्यमले देखाएनन । नेपालमा लोकतन्त्रमा कान्तिपुर दैनिकको अहम भूमिका रहदै आएकोछ । नेपाली भाषा , साहित्य र संस्कृतिको विकासमा कान्तिपुरको भूमिका अविस्मरणीय छ भन्नेकुरा म निर्धक्कले भन्न सक्छु किनकी यस विषयमा उस्को आफ्नै डगर थियो र आफ्नै दृष्टिकोण रहदै आएको छ।
धेरै बर्ष अधि मैले भारतको प्रख्यात पत्रिका ” नवनीत ” मा छापिएको एउटा लेख पढेको थिएँ । शिर्षक थियो ” बढ़ते मुँह सिकुड़ती र रोटियाँ ” । अहिले गोकर्ण अवस्थीजीको भीडीओ अन्तर्वार्ता सुने । सम्झें तिनै कुराहरूलाई ।यदि हामीले जनसंख्या बृद्धिमा विभिन्न तथ्याँकमा विश्वास गर्ने हो भने विश्वको जनसंख्या ५० प्रतिशत सम्म बढ्छ रे । अनि बृद्धि दर रोकिन्छ । यो ५० प्रतिशत बृद्धि दरका कारण जीवन यापन र अन्य साधनलाई खोज्नु पर्ने हुन्छ । पृथ्वीको संसाधन स्रोतहरू र पचास प्रतिशत दोहनबाट ठूलो जोखिम पनि हुनसक्छ । यदि यस्को तुलना आर्थिक बृद्धि दरबाट गर्यौ धेरै अनुमान सामुन्ने आउने छन भन्नेकुरा नेपालको आर्थिक बृद्धि दरको राम्रो विश्लेषण गर्नु भएको छ गोकर्ण अवस्थी जीले ।
यसै सन्दर्भमा म के भन्छु भने अर्थशास्रीहरूको भविष्य बाणी छ यस शताब्दीमा विश्वको आर्थिक विकास पाउनका निम्ति २-३ बर्षपछि दुई गुना आर्थिक बृद्धिदर गर्नु पर्ने हुन्छ । तर , हाम्रो आर्थिक बृद्धि दर त घट्दो छ । यस शताब्दीमा आर्थिक बृद्धि दर पर्यावरण संरक्षण र जनसंख्या बृद्धिका अतिरिक्त ३२ गुणा बढी हुन सक्छ । यदि बैंक , सरकारी र व्यापार आफ्नो बाटोमा ठीकठाक चल्न सकेछन भने ।
जब संसाधन सीमित हुन्छ अनि आर्थिक बृद्धि दर पाउनु असंभव पनि हुन सक्छ । जनसंख्यालाई न हेरेर यदि आर्थिक बृद्धि दरलाई हेर्यौं भने खतरा तिर इशारा भएको देखा पर्न सक्छ। जनसंख्या यस्को कारक हुन सक्छ भन्दै आई रहेकोमा समय बदलिएको छ । अब जनसंख्या बृद्धि दर गरीब देशहरूको मात्र समस्या रहेन । यो धनी देशहरूको बृद्धि दरसंग गाँसिएको छ । तिनीहरू संसाधनहरूको अत्यधिक प्रयोग गरिरहेका छन र पर्यावरणलाई नष्ट गरिरहेका छन । समस्या छ आज माइग्रेशनको । बाहिरबाट आएका मानिसबाट छन देशहरू परेशान । यो प्रकट भइरहेको छ ठूलो समस्याको रूपमा । यहि कारण हो बेलायत यूरोपियन युनियनबाट छुट्टिनु परेको ।अब प्रतिबन्ध लाग्दैछ बाहिरबाट आएको मानिसमा ।गत बर्ष बेलायतले टूरिष्ट भीसाका लागि केही प्रतिबन्ध लगायो । अहिलेसम्म यस्तो प्रतिबन्ध थिएन । हामी पनि परेशान छौ भारतबाट आउने मानिसबाट ।खूला सीमाना छ । कालान्तरमा यस्ले उग्र रूप लिन सक्छ ।१९९७ देखि २००४ सम्म लाखौं मानिस बेलायत गए । जय मध्ये ठूलो संख्या त्यहीं स्थायीरूपबाट बसे । यस कारण प्रति बर्ष ६० हजार घर बनाउनु पर्यो बेलायतले । यस्को लेखा जोखा छैन हामी कहाँ । भगवान भरोसा ।
जनसंख्या बढ्नु नै सबै समस्याको चुरो हो । बढ्दो आवादीको कारण खाद्यान्नों भण्डार रित्तिदो छ धर्तीले कति पो उत्पादन गर्न सक्ला र ? सीमित भूमि र निरन्तर बढ्दो जनसंख्याको दवाव कुनैपनि परमाणु वमको विस्फोटक भन्दा कम छैन । यस्तोमा गास , बास र कपास कसरी उपलब्ध होला ?
संयुक्त राष्ट्रसंधको खाद्य एवं कृषि संगठनको बुझाई के छ भने २०५० सम्म खाद्यान्नको उत्पादन दोब्बर गर्नु पर्ने हुन्छ । अनि मात्र भुखमरीबाट जोगिन सकिएला । १९८०को तुलनामा आज विश्वमा तीन गुणा बढी मासुका उत्पादन गर्नु परेको छ। यसरी खेतीको जमीनबाट बढी उत्पादन अन्न र धाँसको ठूलो प्रतिशत जानवरहरूबाट निम्ति उमार्नु पर्ने छ । विश्वबाट उत्पादित अन्न एक तिहाई जानवरहरूबाट निम्ति प्रयुक्त भई रहेको छ । यस्तो स्थितिमा आवादी बढ्नु विश्वका लागि राम्रो संकेत होइन । यी सबै कुरालाई समेटेर अवस्थी जीले आफ्नो अन्तर्वार्तामा सटिक किसिमबाट आफ्नो कुरा राक्नु भएको छ जुन शुत्रशैलीमा छ ।
निशा अर्याल
इजरायल

सम्बन्धित शिर्षकहरु