रसुवामा अनिश्चितकालीन यातायात बन्द

साउन ६ ।रसुवा,चिलिमे जल विद्युत् कम्पनीका प्रबन्ध सञ्चालक कुलमान घिसिङलाई यथास्थानमा थमौती गर्नुपर्ने माग सहित स्थानीयवासीले आजदेखि अनिश्चितकालिन रसुवा बन्द गराएका छन ।

बन्दका कारण यहाँ बिहानैदेखि लामो तथा छोटो दूरीका सवारीसाधन ठप्प भएका छन् ।

चिलिमे, साङ्जेन, रसुवागढी, जलविद्युत् सरोकार समिति र समग्र रसुवावासीको तर्फबाट बन्द आह्वान गरिएको चिलिमेका गोम्वो छिरिङ तामाङले बताउनुभयो ।

प्रबन्ध सञ्चालक घिसिङको थमौतीको माग गर्दै साउन २ गतेदेखि नै आयोजनाको कार्यालय बन्द गरेको बताइएको छ ।

बन्दका कारण ५७ दशमलव १ मेगावाटको साञ्जेन र १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाको काम ठप्प भएको बताइएको छ ।

 

सम्बन्धित शिर्षकहरु