पहिलो बैठकमै किचलो

Dffcf]jfbL Pstf  Pdfcf]jfbL;lxt !) j6f dfcf]jfbLx?aLr ePsf] Pstfkl5sf] gofF kf6L{ g]skf dfcf]jfbL s]Gb|sf] 3f]if0ffkl5 gf/f nufpFb} g]tfx? . tl:a/ M k|bLk/fh jGt,/f;;

काठमाडौं । नेकपा माओवादी केन्द्रको कार्यविधाजनमा विवाद देखिएको छ ।

विवाद बढेसँगै पार्टीलाई बहुपदीय प्रणलीमा लैजाने वा एकपदीय प्रणलीमा लैजाने भन्नेमा बहस सुरु भएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबार सुरु पार्टीको महाधिवेशन आयोजक समितिको बैठकमा पार्टीको सांगठनिक संरचना र नेताहरुको कार्यविभाजनका सन्दर्भमा दुई बिकल्प प्रस्ताव गरेका छन् । आयोजक समिति बैठक सोमबार सम्मकालागि स्थगित गरिएको आजको नयाँ पत्रिकामा समाचार छ ।

अध्यक्ष प्रचण्डपछिको मर्यादाक्ममा माओवादी केन्द्रको वरिष्ठ नेता नारायणकाजी वा बादलमध्ये कसलाई बनाउने भन्ने विवादले पदाधिकारी चयनमा सकस परिरहेको एक नेताले बताए । श्रेष्ठ पक्षले आफू यसअगाडि नै बादल रहिसकेको कमिटीकै उपाध्यक्ष भइसकेका कारण श्रेष्ठ बरिष्ठ रहेको तर्क गरिरहेको छ ।

तर, एकता प्रक्रियाको भाव सम्बोधन गर्नुपर्ने र आन्दोलनका हिसावले पनि श्रेष्ठभन्दा बादल बरिष्ठ भएकाले उनलाई वरिष्ठ बनाउनुपर्नेमा एकता प्रक्रियामा आएका बादल पक्षका नेता मात्र होइन मणि थापा र मातृका यादवसमेत उभिएका छन् ।

पूर्ववत एमाओवादीका केही नेता पनि बादलको पक्षमा उभिएका कारण प्रचण्डलाई निर्णयमा पु्ग्न समस्या परिरहेको छ ।

सम्बन्धित शिर्षकहरु