विमानस्थलमा गड्यौलाले दिनहुँ रोक्छन् जहाजको उडान र अवतरण

साउन १ । काठमाडौँ,मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा गड्यौलाका कारण दिनहुँजसो जहाज उडान तथा अवतरणमा समस्या आएको छ ।

मंगलवार र बुधवार विहान गड्यौलाले पूरै धावनमार्ग ढाकेपछि १ घण्टासम्म आन्तरिक र बाहृय दुवैतर्फका उडान अबरुद्ध भए ।

हरेक दिन समस्या दिन थालेपछि यतिबेला विमानस्थलका कार्यालयका कर्मचारीलाई गड्यौला सोहोर्ने चटारो बढेको छ ।

राति धावनमार्ग खाली हुँदा गड्यौला भरिन्छन् । यसरी गड्यौला वा अरु कुनै पनि बस्तु धावनमार्गमा हुँदाहुँदै उडान/अबतरण गर्दा दुर्घटनाको सम्भावना हुने भएकाले अनुमति दिइँदैन । गड्यौला धानवमार्गमा हुँदा पंक्षीहर सिकारका लागि आउने भएकाले दुर्घटनाको थप जोखिम हुन्छ ।

‘पहिले धावनमार्ग भत्किएर दिनहुँजसो समस्या हुन्थ्यो, यो वर्ष गड्यौलाले गर्दा समस्या देखियो, विमानस्थलका कार्यालयका महाप्रवन्धक ऋषिकेश शर्माले भने’छेउछाउमा बाक्लो झाडी र घाँस रहेकाले गड्यौला थुपि्रएका हुन् । रसायन प्रयोग गर्दासमेत भएको छैन ।’

उनका अनुसार बेलुकी पानी पेरे विहान केही घाम लाग्दा पूरै धावनमार्ग गड्यौलाले भरिन्छ जसले आधादेखि डेढ घण्टासम्म उडान अबरुद्ध हुँदै आएको छ ।

कार्यालयले धावनमार्ग वरपरको घाँस दिनहुँ कटान गरिरहँदा समेत गड्यौलाले दुख दिइरहेको शर्माले बताए । ‘पहिले सामान्य असर पारे पनि उडान अवतरणै रोक्ने खालको थिएन, उनले भने । ‘कार्यालयले हिजोआज टोली नठै खटाएर गड्यौला फाल्ने गरेको छ ।(कारोबाट दैनिकबाट साभार)

 

सम्बन्धित शिर्षकहरु