प्रधानमन्त्री ओली भन्छन्, ‘नाकाबन्दी हट्छ’

K.P. Oli Photo: THT file

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले एक– दुई दिनमै नाकाबन्दी हट्ने विश्वास व्यक्त गरेका छन् । नाकाबन्दी नखुले भारत भ्रमणमा नजाने उनको तर्क थियो ।

मंगलबार बालुवाटारमा पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले नाकाबन्दी अघोषित रुपमै हट्ने बताए । घोषित रुपमा नाकाबन्दी नभएको भन्दै उनले भने, ‘आफैं भएको हो, आफैं खुल्छ ।’

कहिले खुल्छ भन्ने प्रश्नमा उनले १–२ दिनमा नै खुल्ने जानकारी दिए । यसअघि पनि प्रधानमन्त्री ओलीले पटक पटक नाकाबन्दी खुल्छ भनेका थिए । आफू विश्वास गर्ने मान्छे भएको भन्दै उनले कहिले काँही विश्वासमा धोका भएको बताए ।

प्रधानमन्त्री ओलीले नाका नखुले भारत भ्रमणमा नजाने संकेत गरे । उनले भने ‘अवस्था समान्य नभए भ्रमणमा जानु उपयुक्त हुँदैन ।’ प्रधानमन्त्री ओली फागुन दोस्रो या तेस्रो साता भारत भ्रमणमा जाने तयारीमा छन् ।

सम्बन्धित शिर्षकहरु