दुई लाखभन्दा बढीको कपडा बरामद

मंसिर १७  । गौशाला, भारतबाट अवैध रुपमा चोरी पैठारी गरी नेपाल भित्र्याइएका रु दुई लाखभन्दा बढी मूल्यका कपडा प्रहरीले गएराति बरामद गरेको छ ।

प्रहरी चौकी मटिहानीबाट अपराध नियन्त्रणका लागि गएको गस्ती टोलीले गएराति जिल्लाको धीरापुर गाविस– ९ स्थित बाटोबाट कपडा बरामद गरेको हो ।

भारतबाट बिआर२२जे ४६९८ नंको प्लाटिना मोटरसाइकलमा तस्करी गरी ल्याएको र धीरापुर– ९ स्थित बाटोमा रोकिराखेको अवस्थामा ३९ थान विभिन्न रङका पाइन्टका कपडा गस्ती टोलीले बरामद गरेका प्रहरी नायब उपरीक्षक विनोद सिलवालले बताउनुभयो ।

बरामद गरिएको कपडा, मोटरसाइकलसहित आवश्यक कारबाहीका लागि जिल्ला भन्सार कार्यालय जलेश्वरमा पठाउने तयारी गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित शिर्षकहरु