विवाह गर्दै विपाशा

एजेन्सी, कहिलेकाहीँ बलिउड अभिनेत्रीहरूले मनको कुरा फरक ढंगमा राख्छन् । कतिसम्म भने सामान्य तरिकामा उनीहरूको चाहना बुझ्न नै हम्मे–हम्मे पर्छ । यस्तै भएको छ, बलिउड अभिनेत्री विपाशा वासुको विवाहबारे ।

विपाशाले विवाह कहिले गर्लिन् भन्ने जिज्ञासा लामो समय रहिरह्यो । तर, उनले यसबारे कहिल्यै खुलेर कुरा गरिनन् । भारतीय क्रिकेटर युवराज सिंहसँग ट्विटरमा गफिँदा भने उनले यसबारे प्रस्टै लेखिन्, ‘म पनि अब छिटै बिहे गर्नेछु ।’

सन्दर्भ, उनले युवराजलाई विवाहको शुभकामना दिँदाको हो । उनको बधाईको जवाफ दिँदै युवराजले लेखे, ‘अब विपाशाको पालो ।’ त्यसमा पनि विपाशाले जवाफ दिन भ्याइन्, ‘हो, म पनि अब यही सोच्दै छु ।’

सम्बन्धित शिर्षकहरु