भारतीय नाकाबन्दी लम्बिन सक्छः प्रधानमन्त्री

k|wfgdGqLdf lgjf{lrt ePkl5 Joj:yflksf–;+;bsf] laxLaf/sf] a}7snfO{ klxnf] k6s ;Daf]wg ug'{x'Fb} k|wfgdGqL s]kL zdf{ cf]nL . tl:a/ M /Tg >]i7, /f;; .

कात्तिक २० । काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले तराई-मधेसमा जारी आन्दोलन भारतद्वारा प्रायोजित रहेकाले नाकाबन्दी लम्बिन सक्ने बताएका छन्, कान्तिपुर दैनिक लेख्छ।

नेपाल उद्योग बाणिज्य महासंघका उद्योगी व्यवसायीसंगको भेटमा उनले नाकाबन्दी लम्बिने बताएका हुन । ‘तराई९मधेसमा जारी आन्दोलन भारतद्वारा प्रायोजित हो । भारत किन र के कारणले नेपालसंग रिसाएको हो, मैले बुझ्नै सकिन’ ओलीलाई उद्धृत गर्दै भेटमा सहभागी एक उद्योगीले भने, ‘नाकाबन्दी अझै लम्बिएला जस्तो छ । तपाईहरू त्यहि अनुसार तयारी अबस्थामा बस्नुस् भन्ने आशयको कुरा उहाँले हामीसंग गर्नु भयो ।’

के कारणले लम्बिने र कहिलेसम्म नाकाबन्दी हुने भन्ने विषयमा प्रधानमन्त्री ओलीले नखुलाएको ती उद्योगीले बताए । तराई९मधेसमा आन्दोलन र भारतको अघोषित नाकाबन्दीको बिषयमा चाँडो निकास दिलाउन अनुरोध गर्दै प्रधानमन्त्रीलाई उद्योगीहरुले भेटेका हुन् । महासंघ अध्यक्ष पशुपति मुरारका नेतृत्वको टोली प्रधानमन्त्री निवास बालुवाटार पुगेर भेटघाट गरेका हुन् । यस अघि पनि पटकपटक भेट गरी उद्योगी व्यवसायीले निकास खोज्न प्रधानमन्त्रीलाई अनुरोध गरिसकेका छन् ।

सम्बन्धित शिर्षकहरु