चिनियाँ राष्ट्रपति सि जिनपिङ्गले आफ्ना रसियाली समकक्षी भ्यादिमिर पुटिनलाई आइतबार समवेदना सन्देश पठाएको समाचार छ ।
रसियाली एक विमान इजिप्टको सिनाई प्रायद्वीपमा शनिबार दुर्घटनाग्रस्त भएको थियो । सो विमान यात्रा गरिरेहका २२४ व्यक्तिको मृत्यु भएपछि सिले समवेदना पठाएका हुन ।
त्यसैगरी चीन, जापान र दक्षिण कोरियाबीच दक्षिण कोरियाको राजधानी सोलमा त्रिपक्षीय सम्मेलनको लागि दक्षिण कोरियाको राजधानी सोल पुगेका चिनियाँ प्रधानमन्त्री लि कचियाङले पनि आइतबार आफ्ना रसियाली समकक्षी दिमित्रि मेद्भेदेभलाई समवेदना पठाएका छन्।
इजिप्टको सिनाइमा दुर्घटना भएको सो विमानमा सात चालक दलका सदस्य र २१७ जना यात्रु सवार रहेका थिए ।
इजिप्टको सराम अल सेख विमानस्थलबाट उडेको सो विमान रसिया जाँदै गरेको र विमानमा प्रायः जस्तो रसियाली नागरिक नै रहेका जनाइएको छ ।
रसियाको सेन्ट पिटसबर्गका लागि सो विमान उडेको र २३ मिनेटपछि सम्पर्क विच्छेद भएको थियो।
रसियाली विमान सेवा कोगालिमावियाको ए ३२१ नम्बरको सो एयर बस स्थानीय समयअनुसार शनिबार बिहान ५।५१ बजे उडेको थियो ।








